आज अपरान्ह ४ बजे बजेट सार्वजनिक हुँदै



काठमाडौं ।
आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट आज (शनिबार) अपरान्ह ४ बजे सार्वजनिक हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट अध्यादेश जारी भएपछि अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बजेट सार्वजनिक गर्ने छन् ।
अर्थ मन्त्रीका प्रेस सल्लाहकार भुवन केसीले बजेट प्रधानमन्त्री कार्यालयबाट अपराह्न चार बजे सार्वजनिक हुने जानकारी दिए । सरकारले करीब १६ खर्ब हाराहारी आकारमा बजेट ल्याउने तयारी गरेको छ । संसद विघटन भए पनि १५ जेठमा बजेट ल्याउनै पर्ने संवैधानिक बाध्यता रहेको मन्त्रालयको भनाइ छ ।
बजेट सार्वजनिक गर्ने कार्यक्रममा प्रधानमन्त्री, मन्त्रिपरिषदका सदस्य, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, गभर्नरलगायत सहभागी हुने बताइएको छ ।