आर्थिक प्रलोभनमा परी चोरीका अभियुक्त छाडेको प्रहरी निरीक्षकमाथि आरोप


  • आर्थिक प्रलोभनमा परी चोरीका अभियुक्त छाडेको प्रहरी निरीक्षकमाथि आरोप
  • बारा । प्रहरी निरीक्षकमाथि घुस लिएर चोरीका अभियुक्त छाडेको आरोप लागेको छ । बाराको इलाका प्रहरी कार्यालय प्रसौनी, नौतन गण्डकका प्रहरी निरीक्षक विन्देश्वर यादवले चोरीका अभियुक्तलाई मुद्दा नचलाई छाडेका हुन् ।प्लाष्टिकको बोरा उत्पादन गर्ने बारा, प्रसौनी गापा ६ भलुहीस्थित जय पशुपतिनाथ इम्पेक्स प्रालिमामा चोरी गर्नेलाई प्रहरीले छाडेको हो । गत चैत १४ गते राति त्यहाँ चोरी भएको थियो । चोरीमा संलग्न पाँचमध्ये ४ जना गत जेठ ७ गते पक्राउ परेका थिए। पक्राउ पर्नेमा बारा, परवानीपुर गापा–२ मुसहरीका २४ वर्षीय सन्नीकुमार मण्डल, सोही स्थानका २२ वर्षीय मुनिल कुमार र २४ वर्षीय विक्की प्रसाद, वीरगंज १० रानीघाटका रामजीप्रसाद चौहान र भारत, उत्तरप्रदेश बनारसका ३५ वर्षीय शुभम पाण्डे रहेका थिए। चोरीका मुख्य नाइके अझै फरार नै छन् । करिब १२ लाख मूल्य बराबरको बोरा उत्पादन गर्ने कच्चा पदार्थ प्लाष्टिक दाना उद्योगकै मजदुर र दुई जना ट्रयाक्टर चालकको सहायतामा चोरी गरी वीरगंजकै बजारमा बेचिएको थियो । चोरी गिरोहका ५ जनामध्ये उद्योगमा काम गर्ने दुई जना चालक र एक जना मजदुर पनि संलग्न रहेका छन्। उनीहरुलाई ६ दिन थुनामा राखेर छाडिएको छ । यसमा आर्थिक लेनदेन भएको स्रोत बताउँछ ।ईलाका प्रहरी कार्यालय प्रसौनीका प्रहरी निरीक्षक यादवले पीडितले जाहेरी नदिँदा व्यवहारिक रुपमै विवाद मिलाउन भनेपछि छाडिएको बताए । जबकी साहु रौनियारले घटना भएकै बेला लिखित किटानी जाहेरी दिएको बताउँछन्।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *