झापा संघर्षका मुख्य तीन नेता नै गणतन्त्रको विरुद्धमा थिए: बामदेव गौतम



काठमाडौं ।
नेकपा एमालेका उपाध्यक्ष तथा पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापनाको प्रस्ताव राख्दा पार्टीका तीन नेता तत्कालीन समयमा विपक्षमा रहेको बताएका छन् । गणतन्त्र दिवसको अवसरमा शुभकामना दिँदै गौतमले तत्कालीन केन्द्रीय कमिटी बैठकमा गणतन्त्र स्थापना हुनुपर्छ भन्ने प्रस्ताव राख्ने व्यक्ति आफू भएको बताएका छन् ।
“बिडम्वना नै भन्नुपर्छ नेकपा एमालेको केन्द्रीय कमिटीको बहुमतले तत्कालीन संघर्षको मुख्य नारा राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापना तय गर्दा चर्चित झापा संघर्षका विभिन्न पार्टीमा रहेका मुख्य तीन नेता विरुद्धमा हुनुहुन्थ्यो । त्यो बैठकमा अव संघर्षको मुख्य नारा गणतन्त्रको स्थापना हुनुपर्छ भनेर लिखित प्रस्ताव राख्ने व्यक्ति म थिएँ,” वक्तव्यमा भनिएको छ । उनले गणतन्त्रको विरुद्धमा रहेका तीन नेता को थिए त्यो भने खुलाएका छैनन् ।