६ बर्ष पछि वढेको राशनभत्ताले सुरक्षाकर्मिमा छाएन उत्साह



काठमाडौं ।
सरकारले सुरक्षाकर्मीलाई फेरि अन्याय गरेको छ । ६ वर्षको अवधिमा जम्मा १५ प्रतिशत राशनभत्ता बृद्धि गरिएको छ ।याे वृद्धिले सुरक्षाकर्मीहरु खुसि र उत्साहित भएका छैनन्।
गृह मन्त्रालयले अर्थलाई ३५ प्रतिशत बृद्धि गर्न सिफारिस गरेको थियो । पछिल्लो ६ वर्षमा करिब ३५ प्रतिशत महंगी बढेकाले सोही अनुसार रासनभत्ता बृद्धि गर्न सिफारिस भएको थियो । त्यसविपरीत थोरै मात्र बृद्धि भएको छ । जसअनुसार मासिक भत्ता करिब आठ सय रुपैयाँ बृद्धि हुनेछ । कम्तीमा ३५ प्रतिशत रासन भत्ता वृद्धि गरेका नेपाल प्रहरी र सशस्त्र प्रहरीका सुरक्षाकर्मीकाे लागि याे निल्नु न ओकल्नु जस्तै भएको छ ।