स्थानीय तहले खोप खरिद गर्न मिल्दैन : स्वास्थ्य मन्त्रालय



काठमाडौं ।
सरकारले स्थानीय तहलाई कोभिड–१९ विरुद्धको खोप आफैं खरिद गर्ने अधिकार दिन नमिल्ने बताएको छ । केही स्थानीय तहले खोप खरिद गर्ने व्यवस्था मिलाइदिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग अनुरोध गरेपछि मन्त्रालयले खोप खरिद गर्ने काम संघीय सरकारको भएको भन्दै स्थानीय तहलाई अधिकार दिन नमिल्ने बताएको हो ।
तर, मन्त्रालयको काममा सहजीकरण गर्न स्थानीय तहलाइ भनिएको छ । मन्त्रालयले आइतबार आयोजना गरेको भर्चुअल पत्रकार सम्मेलनमा परिवार कल्याण महाशाखाका प्रमुख डा. तारानाथ पोखरेलले सरकारसँग सहजीकरण गरेर यो कार्यमा स्थानीय तहले सहयोग गर्नु उपयुक्त हुने बताए ।
केही स्थानीय तहले खोप आफैं किनेर ल्याउँदा नजिकैको अन्य पालिकालाई विभेद हुने भन्दै मन्त्रालयलाई नै सहयोग गरेर चाँडै खोप उपलब्ध गराउने कार्यमा सहयोग गर्दा सरकारको अभियानसमेत सफल हुने उनको भनाइ छ ।
केही स्थानीय तहले खोप खरिदका लागि पालिका स्तरबाटै बजेट विनियोजन गर्ने इच्छाशक्ति देखाउनु सकारात्मक भएपनि सबै स्थानीय तहले खरिद गर्न सक्ने सम्भावना नरहेको उनको भनाइ छ ।
स्थानीय तहहरुले खोप खरिद गरेर ल्याउन सक्ने सम्भावना, त्यसको प्राविधिक, स्टोरेज, अनुगमन, मूल्यांकन, कोल्डचेनको व्यवस्थापन लगायत अन्य त्यसबाट हुने जोखिम नियन्त्रण तथा व्यवस्थापन अत्यन्तै कठिन रहेको मन्त्रालयले जनाएको छ । दृष्टिबाट