प्रतिनिधि सभा पुनःस्थापना नभए विपक्षी गठबन्धनले चुनावमा मोर्चाबन्दी गर्ने



काठमाडौं ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले(माधवकुमार नेपाल पक्ष), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा नेपालले प्रतिनिधि सभा पुनःस्थापना नभएमा भावी चुनावमा समेत मोर्चाबन्दी गरेर जाने रणनीतिमा लागेका छन्। प्रतिनिधि सभा पुनःस्थापनाको पक्षमा १४६ सांसदको हस्ताक्षर सहित सर्वोच्च अदालतमा रिट हाल्न गएका उनीहरुको पहिलो आशा भने प्रतिनिधि सभा पुनःस्थापना हुनेमै छ।
एमालेको केपी शर्मा ओली र जसपाको महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष एकातिर भएका छन्। उनीहरुको विरुद्ध विपक्षी गठबन्धन सक्रिय भएको छ। शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा समर्थन गर्दै सुरु भएको यो गठबन्धन ओली विरुद्धको संघर्षमा थप लामो समयसम्म जाने नेताहरुले बताएका छन्।