जेठ २५ गतेदेखि ६० देखि ६४ वर्षका नागरिकलाई भेरोसेल खोप लगाइने


  • जेठ २५ गतेदेखि ६० देखि ६४ वर्षका नागरिकलाई भेरोसेल खोप लगाइने
  • काठमाडौं । चीनले अनुदान दिएको कोरोनाभाइरसविरूद्धको १० लाख डोज खोप जेठ २५ गतेबाट लगाउन सुरू गर्ने निर्णय भएको छ। स्वास्थ्य मन्त्रालयमा बसेको बैठकले आगामी २५ गतेबाट चीनले दिएको खोप लगाउने निर्णय गरेको स्वास्थ्य सेवा विभागअन्तर्गत खोप शाखाका प्रमुख डाक्टर झलक गैरेलेे जानकारी दिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार जेठ २५ गतेदेखि देशभरका ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई चीनबाट अनुदानमा प्राप्त भएको भेरोसेल खोप दिइन लागिएको हो । तोकिएको केन्द्रमा खोप लगाउन जाँदा नागरिकता वा उमेर खुल्ने कुनै पनि सरकारी कागजात वा वडा कार्यालयले दिएको सिफारिस अनिवार्य गरिएको छ । खोपको वितरण गर्दा दोस्रो मात्राको पनि सुनिश्चितता हुनेगरी व्यवस्था गरिएको मन्त्रालय अन्गर्ततको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले जनाएको छ । पछिल्लोपटक चीनले अनुदानमा दिएको १० लाख डोजमध्ये मंगलबार ९ लाख डोज नेपाल ल्याइसकिएको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *