कर्णाली प्रदेशमा कांग्रेस दुईवटा मन्त्रालयसहित सरकारमा सहभागी हुने


  • कर्णाली प्रदेशमा कांग्रेस दुईवटा मन्त्रालयसहित सरकारमा सहभागी हुने
  • सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएको नेपाली कांग्रेस सरकारमा सहभागी हुने भएको छ । मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएको झण्डै दुई महिनापछि नेपाली कांग्रेस सरकारमा सहभागी हुने भएको हो । संसदीय दलका नेता जीवनबहादुर शाहीले दुईवटा मन्त्रालयसहित सरकारमा जाने तयारी भएको जानकारी दिए । कांग्रेसले सामाजिक विकास मन्त्रालयमा यज्ञबहादुर बीसी र जलस्रोत तथा उर्जा विकास मन्त्रालयमा दीनबन्धु श्रेष्ठलाई पठाउने भएको छ । ‘आर्थिक वर्ष २०७८/७९ को बजेट पनि आउन लागेको छ । सरकारलाई सकारात्माक ढंगले अगाडी बढाउन हामी सरकारमा सहभागी हुने छौं ।’ उनले भने,‘महामारीका बेला सरकारका काम प्रभावकारी बनाउनका लागि सरकारमा सहभागी हुन लागेका हौं ।’

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *