काठमाडौं उपत्यकामा आजदेखी निषेधाज्ञा खुकुलो
काठमाडौं ।
काठमाडौं उपत्यकामा आजदेखि निषेधाज्ञा खुकुलो बनाइएको छ।आजदेखि जेठ मसान्तसम्म निषेधाज्ञा लम्ब्याउने तर पहिलेभन्दा केही खुकुलो बनाउने निर्णयअनुसार आजबाट निषेधाज्ञा लागू गरिएको हो।
काठमाडौँ,भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकलेले बुधवार निषेधाज्ञा जेठ ३१ सम्म लम्ब्याउने निर्णय गरेको हो ।
जिल्ला प्रशासनले अब खाद्यान्न, किराना पसल, डिपार्टमेन्ट स्टोर, अनलाइन डेलीभरी बिहान ९ बजेसम्म खोल्न दिने गरी मोडालिटी तयार गरेको छ ।
यातायातमा पुरानै नियम यथावत् छ। निजी संघ-संस्था, सरकारी तथा अत्यावश्यक कार्यका लागि सम्बन्धित निकायको परिचय-पत्र चाहिने छ। व्यक्तिगत रुपमा सवारी चलाउन अत्यावश्यक परे प्रमुख जिल्ला अधिकारीले जारी गरेको पास चाहिने छ।
यस्तै, प्रशासनले उद्योग, निर्माण कार्य सुरक्षित ढंगले काम गर्न दिने, ढुवानी सामग्री राती ९ बजेदेखि बिहान ४ बजेसम्म सञ्चालन गर्न दिने, बिहान ९ बजेसम्म वर्कशप सञ्चालन गर्न दिइने जनाइएको छ ।
यस्तै, उद्योगहरुलाई कामदारको आवासीय व्यवस्था मिलाएर काम गर्न दिने, वैदेशिक रोजगारीमा जानेलाई पासपोर्ट तथा भिसाको आधारमा आवतजावत गर्न दिइनेछ ।
केही समय यता काठमाडौं उपत्यकामा कोरोना संक्रमण र मृत्यु दरमा केही कमी आएको छ । विज्ञहरुले कोरोना संक्रमण दर घटेपनि जोखिम भने यथावत रहेको बताएका छन् ।