जुनियरलाई उपप्रधानमन्त्री बनाइएको भन्दै मन्त्रिपरिषदबाट बाहिरिए त्रिपाठी


  • जुनियरलाई उपप्रधानमन्त्री बनाइएको भन्दै मन्त्रिपरिषदबाट बाहिरिए त्रिपाठी
  • काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयश त्रिपाठीले आफूभन्दा जुनियरलाई उपप्रधानमन्त्री बनाइएकाले पदमा बसिरहन उपयुक्त नठानेको भन्दै मन्त्रिपरिषदबाट बाहिरिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद् हेरफेर गर्ने क्रममा बहालवाला ४ जनालाई मात्रै राखेर अरू सबै मन्त्रीहरूलाई बिदा दिएसँगै त्रिपाठी पनि हटेका हुन् । स्वास्थ्यमन्त्री त्रिपाठीले आफूलाई हटाइएको नभई स्वेच्छाले बाहिरिएकोसमेत बताएका छन् । प्रधानमन्त्री ओलीले जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतो र एमालेका रघुवीर महासेठलाई उपप्रधानमन्त्री बनाएका छन् । उनीहरू दुवै आफूभन्दा जुनियर रहेको त्रिपाठीको भनाई छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *