जिल्ला प्रहरी कार्यालय दैलेखद्वारा गरियो स्वास्थ्य कार्यालयलाई अक्सिजन कन्सेन्ट्रेटर हस्तान्तरण
दैलेख : जिल्ला प्रहरी कार्यालय दैलेखले स्वास्थ्य कार्यालय दैलेखलाई स्वास्थ्य उपकरणहरु हस्तान्तरण गरेको छ। जिल्ला प्रहरी कार्यालयमा कार्यरत इच्छुक प्रहरी कर्मचारीहरुले आफ्नो तलवबाट केहि रुपैया छुट्याएर अक्सिजन कन्सेन्ट्रेटर १ थान (१० लि.) र मेडिकल अक्सिजन माक्स १० थान खरिद गरि हस्तान्तरण गरिएको हो।
नेपाल लगायत विश्वभरी महामारीको रुपमा देखापरेको नयाँ भेरियन्टसहितको कोभिड १९ रोगबाट संक्रमितहरुलाई उपचारमा सहयोग तथा जोखिम नियन्त्रणमा सहजिकरण होस भन्ने उद्देश्यले उक्त अत्यावश्यक स्वास्थ्य उपकरणहरु हस्तान्तरण गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षक अनुपम श्रेष्ठले बताए।
ती स्वास्थ्य उपकरणहरु जिल्ला प्रहरी कार्यालय दैलेख परिवारको तर्फबाट कार्यालय प्रमुख प्र.ना.उ. श्रेष्ठद्वारा हस्तान्तरण गरिएको बताइएको छ।