यस वर्षको एसईईको नतिजा फरक तरिकाबाट गरिदै



काठमाडौं ।
राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा (एसईई) मूल्यांकनका लागि नयाँ कार्यविधिको तयारी गरेको छ ।यो वर्ष पनि आन्तरिक मूल्यांकनबाट एसईईको नतिजा सार्वजनिक गर्ने भएपछि त्यसका लागि कार्यविधि बनाउन लागिएको बोर्डका अध्यक्ष प्रा.डा.चन्द्रमणि पौडेलले बताए ।
उनले भने ‘कार्यविधिको ड्राफ्ट तयार भइरहेको छ । यो महिनाभित्र सकेर मूल्यांकन गर्न निर्देशन दिन्छौं ।’ यस वर्षको मूल्यांकन विधि गत वर्षकोभन्दा फरक हुने अध्यक्ष पौडेलले बताए । के-के फरक हुन्छ भन्ने नखुलाएका उनले भने, ‘गत सालको भन्दा अलि-अलि फरक हुन्छ ।’