वरिष्ठ अधिवक्ता निदेश त्रिपाठी, अधिवक्ताहरू राजकुमार सुवाल, शालिकराम सापकोटा, सीतादेवी श्रेष्ठ, कञ्चनकृष्ण न्यौपाने र वीरेन्द्र प्रसाद शाहले मन्त्रिपरिषद विस्तार असंवैधानिक रहेको भन्दै खारेज गर्न अन्तरिम आदेशको माग गरेका थिए । दृष्टिन्युज
सर्वोच्चले माग्यो मन्त्रिपरिषद विस्तार गर्नुको कारण



काठमाडौं ।
सर्वोच्च अदातले मन्त्रिपरिषद विस्तार विरुद्धको रिटमा सुनुवाई गर्दै सरसर्वोच्चकारसँग मन्त्रिपरिषद विस्तार गर्नुपर्ने कारणको लिखित जवाफ माग गरेको छ ।
मन्त्रिपरिषद विस्तार असंवैधानिक भन्दै अन्तरिम आदेशमार्फत बदर गर्न माग गर्दै दायर रिटको सुनुवाई गर्दै न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले सरकारपक्षसँग मन्त्रिपरिषद विस्तारको लिखित कारण माग गरेको हाे ।
इजलासले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री केपी शर्मा ओलीलगायतका विपक्षीसँग मन्त्रिपरिषद विस्तार गर्नुको कारण माग गरेको छ । अन्तरिम आदेश दिन अस्वीकार गरेको सर्वोच्चले दुवै पक्षलाई असार ८ गते छलफलमा बोलाएको छ ।