नेपाल अष्ट्रेलियासंग पराजित


  • नेपाल अष्ट्रेलियासंग पराजित
  • काठमाडौं । फिफा विश्वकप–२०२२ तथा एसियन कप–२०२३ अन्तर्गत दोस्रो चरणको छनोटको अन्तिम खेलमा नेपाल अष्ट्रेलियासँग पराजित भएको छ । कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तर्राष्ट्रिय स्टेडियममा नेपाल अष्ट्रेलियासँग ३–० गोलले पराजित भएको हो । पहिलो हाफमा २–० गोलले पछि रहेको नेपालले दोस्रो हाफमा एक गोल खाएको हो ।
    नेपाली टोली पहिलो हाफमा १० खेलाडीमा समेटिएको थियो । नेपालका खेलाडी रोहित चन्द रातो कार्ड पाएर मैदानबाट बाहिरिएका थिए । खेलको ४६ औँ मिनेटमा रोहितले रातो कार्ड पाएका थिए । योसँगै विश्वकप छनोटको दोस्रो चरणको खेलमा नेपालले अन्तिम खेमला पराजयको नतिजा निकाल्दै आफ्नो यात्रा समाप्त गरेको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *