सामाजिक संजालमा सकृय हुँदै महानायक हमाल



काठमाडौं ।
सामाजिक संजालमा खासै चासो नदिने महानायक राजेश हमाल पछिल्लो समय सामाजिक संजालमा छाउन थालेका छन । त्यसो त सामाजिक संजालमा अरु स्टारका मिलियन फलोअर्स हुँदा पनि उनले खासै चासो दिदैनथे । दर्शकलाई उनका पर्सनल कुराहरु विरलै थाहा हुने गर्थ्यो । तर जब विवाह गरे तब देखि राजेश समाजिक संजालमा निकै सकृय देखिन्छन ।
पछिल्लो समय महानायक हमाल फिल्मसंगै सामाजिक संजालमा निकै सकृय छन्। उनका सामाजिक संजालमा डिनर गरेको, चिया खाएको, एक्सर्साइज गरेको, घुमेको, शूटिङ गरेको, म्युजिक भिडियोका काउनडाउन तस्बिर, म्युजिक भिडियोका लिङ्क आदि इत्यादी देख्न सकिन्छ । राजेश सकृय भएरै होला हाल उनको मिलियन फलोअर्स पुगिसके।
राजेशले केही दिन अगाडि एउटा तस्बिर पोस्ट गरे उक्त तस्बिरमा राजेशले आफ्नो पाखुरा देखाएका छन्। बुढेसकालमा पनि राजेशका पाखुरा त ठुलै छन् । नियमित शारिरिक व्यायामले गरेकै राजेश अझ जवान देखिन्छन ।