कांग्रेसको १४ औं महाधिवेशन सर्यो, भदौ ७ देखि १० गतेसम्म गर्ने निर्णय


  • कांग्रेसको १४ औं महाधिवेशन सर्यो, भदौ ७ देखि १० गतेसम्म गर्ने निर्णय
  • काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १४ औं महाधिवेशन केही दिन पर सारिएको छ । वडा अधिवेशन साउन ६ बाट सुरु गर्ने तयारी रहेको छ ।शनिबार देउवा निवासमा बसेको पदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवाले महाधिवेशन जसरी पनि ताेकिएकै समयमा गर्ने बताएका थिए । तर पूर्वनिर्धारित मिति असार ७ बाट वडा तहको अधिवेशन सुरु गर्न सक्ने अवस्था नभएको भन्दै महामन्त्रीले कार्यतालिका संशोधन गर्न प्रस्ताव पेश गरेका थिए।बैठकमा भदौ १६ गतेदेखि १९ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय भएको छ । सभापतिले विशेषाधिकार प्रयोग आगामी केन्द्रीय समिति बैठकले अनुमोदन गर्ने गरी पदाधिकारी बैठकले महाधिवेशनको कार्यतालिका संशोधन गरेको काँग्रेसका एक नेताले बताए । गत फागुनमा बसको काँग्रेस केन्द्रीय कार्यसमिति बैठकले भदौ ७ देखि १० गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको थियो ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *