समाचार लेखेको विषयमा वडाध्यक्ष वर्माले दिए पत्रकारलाई धम्की
वडाध्यक्ष वर्मा
नेपालगंजज ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ का वडाध्यक्ष दिपक वर्माले समाचार लेखेको विषयमा एकजना पत्रकारलाई धम्क्याएका छन । कारकादो देखि पश्चिम् तर्फ जाने विशाल चोक अन्तर्गतको बाटोमा निर्माण गरिएको बाटोको ढलको ढक्कन भत्किएर रातिको समयमा दुर्घटना निम्त्याउने खतरा बढे पछि नील खबरका स्थानीय अनलाइनमा पत्रकार संगिता पाठकले समाचार लेखेकि थिइन् ।
साेहि विषयमा आज दिउँसो संगीता पाठकलाई वडाध्यक्ष वर्माले फाेन गरेर समाचार किन लेखेको विषयमा प्रश्न गर्दै जिल्ला प्रहरी कार्यालय बाँकेमा लैजाने धम्की दिएका छन । समाचार किन लेखेको प्रहरीका लगेर कारबाही गर्छु भन्दै अध्यक्षले धम्की दिदै भने,’दिपक वर्मा को हो भन्ने तिमीहरु आइतबार बुझ्छाैं, आज शनिबार छ त्यसैले भोली आइतबार जिल्ला प्रहरीमा झिकाउछु ।
समाचार प्रति गुनासो रहेमा वा चित्त नबुझेमा त्यसउपर उजुर गर्ने र न्यायिक प्रक्रिया मार्फत् त्यसलाई सम्बोधन गर्ने कानुनी मार्ग रहँदारहँदै त्यसलाई बेवास्ता गरी पत्रकारलाई धम्क्याउनु र अभद्र व्यवहार गर्नु निन्दनीय कार्य मानिन्छ ।
पाठक माथि वडा अध्यक्षले धम्कीपूर्ण व्यवहार गरेको प्रति विभिन्न सराेकारवाला पक्षले गम्भीर आपत्ति जनाएका छन् ।वडा अध्यक्षले तत्काल माफि मागेर गल्ती सच्याउनु पर्ने उनीहरुको माग छ । वडा अध्यक्षकाे उक्त शैली पुर्ण गैरकानुनी भएको भन्दै बढि गरे कानुनी उपचार समेत खाेजिने पिडित पक्षको भनाइ छ ।