मेलम्चीमा बाढीले केही मानिस बेपत्ता भएको अनुमान, एकिन विवरण आउन बाँकी


  • मेलम्चीमा बाढीले केही मानिस बेपत्ता भएको अनुमान, एकिन विवरण आउन बाँकी
  • काठमाडौं । मेलम्ची नदीमा आएको बाढीले आयोजनाको क्षेत्रमा बस्ने लेबरहरूको क्याम्पमा क्षति पुर्‍याएको छ। त्यहाँ हताहती भएको अनुमान गरिएको छ। मेलम्ची खानेपानीको मुहानभन्दा ९ किलोमिटर माथि हेलम्बु–१ नाकोटे भन्ने ठाउँमा पहिरो गएपछि बाढी आएको हाे । साँझ सात बजे आसपासमा बाढि आएपछि स्थानीयवासीमा भागदाैड मच्चिएकाे छ । केही मानिसहरु बेपत्ता भएको अनुमान गरिए पनि यकिन विवरणहरु आएका छैनन् । बत्ती गएको हुदा सिसिटीभि अबरुद्ध भएपछि उक्त क्षेत्रकाे घटना विवरण पत्ता लगाउन नसकिएकाे मेलम्ची आयाेजनाका अधिकारीहरुले जनाएका छन् । लगातारकाे वर्षा र परीक्षण क्रममा रहेको मेलम्ची आयोजनाको सुरुङको पानी पनि आजै खोलामा छोडिँदा उर्लिएकाे खाेलाका कारण पहिराे गएकाे हाे । पहिरोले मेलम्चीको आयोजनाको सुरुङमा के कति क्षति भयो घटना भएको खबर छ ,प्रहरीले भनेको छ । सिन्धुपाल्चोकका एसपी राजन अधिकारीले घटनाकाे विवरण संकलन भइरहे पनि प्रतिकुल माैसमका कारण कठिन भएको बताए । उनलेे भने, मेलम्ची नदीमा बाढी आएकाले केही क्षति भएको छ,हामी विस्तृत संकलन गर्दै छाै। बाढीले सशस्त्र प्रहरीको बेस क्याम्प समेत विस्थापित भएको बताइएको छ । घटनस्थलमा नेपाल प्रहरी ,नेपाली सेना ,सशस्त्र प्रहरी र स्थानीयबासी उद्वारमा खटेकाे बताइएको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *