वडा कार्यालयबाट वृद्ध भत्ताको ५० लाख रुपैयाँ चोरी


  • वडा कार्यालयबाट वृद्ध भत्ताको ५० लाख रुपैयाँ चोरी
  •   नुवाकोट । नुवाकोटको एक वडा कार्यालयबाट वृद्ध भत्ताको ५० लाख रुपैयाँ चोरी भएको घटना बाहिर आएको छ । नुवाकोटको पञ्चकन्या गाउँपालिका–२ को वडा कार्यालयबाट गएको चैत २४ मा चोरी भएको थियो। घटना चैतमा घटेको भए पनि अहिलेसम्म संघीय मन्त्रालयमा जानकारी नदिई स्थानीय तहमै मिलाउन खोजेपछि घटना बाहिर आएको हो । वृद्धभत्ता चोरी प्रकरण्माा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले टोली नै पठाएर छानबिन थालेपछि कुरा बाहिर पोख्खिएको हो। गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङ अहिले फोनै उठाउदैनन्। भित्रभित्रै मिलाउन खोजेको कुरो बाहिर आएपछि सातो गएको छ, उनको । चैत २४ गते बैंकबाट झिकेर वडा कार्यालयको दराजमा राखेको ५० लाख र कार्यालयमा रहेको थप ३ लाख ५३ हजार चोरी भएको थियो । बैंकबाट ल्याएको भोलिपल्ट भत्ता वितरण गर्न खोज्दा दराजमा रकम भेटिएन, वडाध्यक्ष र कर्मचारी तीनछक परे।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *