दश वर्षिय छोरीको बलात्कार पछी हत्या गरेको आरोपमा बुवा पक्राउ



कैलाली ।
कैलालीमा आफ्नै छोरीको बलात्कार गरि हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन्। कैलालीको लम्कीचुहा नगरपालिका- २ की १० वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा उनका ५१ वर्षीय बुवा पक्राउ परेका हुन् ।
घर परिवारले दाहसंस्कार गर्ने तयारी गरिरहेको भन्ने सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरी टोलीले घटनास्थल र शव जाँच लगायतको कार्य पुरा गरी शव पोष्टमार्टम तथा यौनजन्य परिक्षणका लागि सेती प्रादेशिक अस्पतालमा पठाएको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ।
जेठ २७ गते दिउँसो बुवाले भैँसी गोठमा लगी जवरजस्ती करणी गरेर भैँसी गोठमा नै झुण्डाई हत्या गरेको र घटना लुकाउन आत्महत्या गरेको जस्तो देखिएको प्रहरी अनुसन्धानबाट खुलेको छ। मृतकका बुवामाथि कर्तव्य ज्यान शीर्षकमा मुद्दा दर्ता गर्दै थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।