शुक्रबार आएको बाढीले मेलम्चीमा फेरी त्रास



काठमाडौं ।
विनाशकारी बाढी आएको चार दिन नबित्दै मेलम्चीमा शुक्रबार राति पुनः त्यस्तै बाढी आएको छ । राति करिब ९ बजेतिर काठ, दाउरा, ठूला ढुंगा र लेदोसहित मेलम्ची खोलामा बाढी आएको हो । योमंगलबार क्षति पुर्याएका सबै स्थानमा शुक्रबारको बाढीले थप क्षति पुर्याएको छ । बाढी हेलम्बु– २ को गणेशेबगर, मेलम्ची बजार, चनौटे, ग्याल्थुम, पुरानो बजार, पुलबजार, आमा ह्याल्मो यातायात बसपार्कलगायत क्षेत्रमा पसेको छ । ती स्थानमा बाढीले बगाएर ल्याएका ढुंगा, काठ र लेदो थप जम्मा भएको स्थानीयले बताएका छन् ।
शुक्रबारको बाढीले मानवीय क्षति भने पुर्याएको छैन । हेलम्बु गाउँपालिका– १ का अध्यक्ष मिङमार लामाले बेलुकी ८ बजेतिर टेलिफोन गरी मंगलबार पहिरो गएको स्थानमा पुनः ठूलो पानी परेको तथा काठ, ढुंगा र लेदोसहितको बाढी आउन थालेको खबर गरेका थिए । ‘ठूलो–ठूलो आवाज गरेर गडगडाएर बाढी आएपछि मैले तलतलका क्षेत्रमा खबर गरेको थिएँ,’ वडाध्यक्ष लामाले भने, ‘बाढी किन आयो भन्नेबारे भने अझै यकिन हुन सकिएको छैन ।नयाँ पत्रिका