नेकपा एमालेका वरिष्ठ नेता खनालको स्वास्थ्यमा सुधार



काठमाडौं ।
पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्यमा सुधार आएको छ ।
एमाले नेता सुरेन्द्र पाण्डेका अनुसार नेता खनालको स्वास्थ्य स्थितिमा सुधार भैरहेको जानकारी प्राप्त भएको बताएका छन् ।
नेता खनालको लगातार आईरहेको ज्वरो रोकिएको छ । चिकित्सकको उच्च निगरानीमा राखेर उपचार भइरहेको छ । खनालको स्वास्थ्य अवस्था ठीक खनालका स्वकीय सचिव कृष्ण भट्टराईले बताए ।
‘भर्खरै मात्र दिल्लीस्थित अपोलो अस्पतालमा मेरो निर्भीक खनालसँग कुराकानी भएको छ। स्वास्थ्य अवस्था ठीक छ’, उनले भनेका छन्, ‘स्वास्थ्यमा सुधार आएको छ । ज्वरो नियन्त्रणमा आएको छ । चिकित्सकको उच्च निगरानीमा उपचार भइरहेको छ।’
नेता खनालको दिल्लीको एपोलो अस्पतालमा उपचार भइरहेको छ । एक हप्ताभन्दा बढी ज्वरो आएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका खनालको चिकित्सकको सल्लाह अनुसार थप उपचार गर्न दिल्ली लगिएको हो ।