सङ्खुवासभामा सेप्टिक ट्याङ्की भत्किएर दुई जनाको मृत्यु



सङ्खुवासभाको खाँदबारी नगरपालिका वडा नम्बर ४ सेकाहामा सेप्टिक ट्याङ्की भत्किएर दुई जनाको मृत्यु भएको छ।सेप्टिक ट्याङ्की भत्किएर सेकाहाका ३३ वर्षीय तारावीर गुरुङ र २५ वर्षीय ईश्वर राईको मृत्यु भएको हो।
गम्भीर घाइते गुरुङ र राईलाई उपचार गर्न जिल्ला अस्पताल सङ्खुवासभा लगिएकोमा आइतबार बेलुकी उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कविन राईले बताए।घाइते दुवैलाई स्थानीयले तत्कालै उद्धार गरेर जिल्ला अस्पताल ल्याएका थिए।रासस