विभिन्न देशहरुलाई अमेरिकाले ५ करोड बढी डोज खोप बाँड्ने


  • विभिन्न देशहरुलाई अमेरिकाले ५ करोड बढी डोज खोप बाँड्ने
  • काठमाडौं । संसारका विभिन्न मुलुकलाई संयुक्त राज्य अमेरिकाले थप साढे ५ करोड डोज खोप बाँड्ने भएको छ । सोमबार अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइटहाउसले खोप बाँड्ने विस्तृत विवरण सार्वजनिक गरेको समाचार संस्था रोयटर्सले जनाएको हो । अमेरिकाले ल्याटिन अमेरिका, एसिया, मध्यपूर्व, अफ्रिका र क्यारेबियन मुलुकलाई दिन लागेको खोपमध्ये ७५ प्रतिशत कोभ्याक्समार्फत् दिनेछ भने बाँकी २५ प्रतिशत सोझै सम्बन्धित मुलुकलाई दिनेछ । पछिल्लो खोपमध्ये ४ करोड १० लाख खोप कोभ्याक्समार्फत् बाँडिनेछ भने १ करोड ४० लाख डोज सोझै दिइनेछ ।
    नेपाल अमेरिकाबाट सोझै खोप पाउने मुलुकको सूचीमा समावेश छैन । दक्षिण एसियामा अफगानिस्तान, बंगलादेश र पाकिस्तानलाई अमेरिकाले सोझै खोप दिने भएको छ । नेपालले एसियाका लागि छुट्याएको झन्डै १ करोड ६० लाख डोज खोप बाँडनु पर्नेछ। कोभ्याक्सअन्तर्गत उक्त खोप भारत, नेपाल, बंगलादेश, पाकिस्तान, श्रीलंका, अफगानिस्तान, माल्दिभ्स, भुटान, फिलिपिन्स, भियतनाम, इन्डोनेसिया, थाइल्यान्ड, मलेसिया, लाओस, पपुवा न्यू गिनी, ताइवान, कम्बोडिया र अरू प्यासेफिक आइल्यान्डहरूमा वितरण हुनेछ । अमेरिकाले अहिले फाइजर, मोडेर्ना, जोन्सन एन्ड जोन्सन कम्पनीले बनाएका खोप अरू मुलुकलाई बाँड्न लागेको हो । अमेरिकासँग अक्सफोर्डरअष्ट्राजेनेकाले बनाएको खोप पनि सञ्चित छ। तर अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडिए) ले उक्त खोपलाई अहिलेसम्म प्रयोग अनुमति दिएको छैन । एफडिएले प्रयोग अनुमति दिए अष्ट्राजेनेकाको खोप पनि अमेरिकाले अरू मुलुकलाई दिनेछ । नेपालले सुरूमा भारतको सेरम इन्स्टिच्युटले उत्पादन गरेको अक्सफोर्डरअष्ट्राजेनेकाको खोप लगाउन थालेको थियो । अहिले पनि उक्त खोप लगाएका झन्डै १४ लाख मानिसहरू दोस्रो डोजको पर्खाइमा छन् । दृष्टि

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *