गण्डकीसंगै लुम्बिनी प्रदेशमा चट्याङसहित भारी वर्षाकाे सम्भावना



काठमाडौं ।
मौसम पूर्वानुमान महाशाखाले गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाकाे सम्भावना रहेकाे जनाएकाे छ ।
महाशाखाले साँझ माैसम बुलेटिन जारी गर्दै भारी वर्षाकाे सम्भावना रहेकाे जनाएकाे हाे ।
हाल बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका धेरै जिल्लामा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ । साथै गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमामा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना देखिएको महाशाखाले जनाएको छ।