राष्ट्रपति भन्डारीद्धारा विभिन्न संवैधानिक निकायमा नियुक्ति



काठमाडौं ।
राष्ट्रपति बिद्यादेवी भण्डारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग, लोक सेवा आयोग लगायत निकायमा नियुक्ति गरेकी छिन् । संवैधानिक परिषद्को सिफारिसमा ती निकायमा नियुक्ति भएको हो ।
जसअनुसार अख्तियारको आयुक्तमा डा हरि पौडेल र डा सुमित्रा अमात्य नियुक्त भएका छन् । लोक सेवा आयोगको अध्यक्षमा माधव रेग्मीको नियुक्ति भएको छ ।
विभिन्न २० वटा संवैधानिक पदमा नियुक्तिको निर्णय भएको र आजै सपथ हुने राष्ट्रपति कार्यालयका निमित्त सचिव रुपनारायण भट्टराईले बताए । संसद नभएकाले संसदीय सुनुवाई नभई उनीहरुको नियुक्ति भएको हो । डेढ महिनाअघि प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनाको बैठकले नियुक्तिको सिफारिस गरेको थियो । त्यसविरुद्ध सर्वाेच्चमा मुद्दा विचाराधिन छ ।