आन्तरिक र अन्तर्राष्ट्रिय उडान खुला गर्ने मन्त्रिपरिषद्को निर्णय



काठमाडौं ।
सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय उडान सबै खुला गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सबै आन्तरिक र अन्तर्राष्ट्रिय उडान खुला गर्ने निर्णय गरेको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री लिलानाथ श्रेष्ठका अनुसार, सोमबारको मन्त्रिपरिषद् बैठकले दोस्रोपटक लगाइएको निषेधाज्ञाअघिकै अवस्थामा सबै आन्तरिक र अन्तर्राष्ट्रिय उडान खुला गर्ने निर्णय गरेको हाे ।सरकारले कोरोना संक्रमणका कारण वैशाख २० गतेदेखि अनिश्चितकालका लागि रोकिएको आन्तरिक उडान ६९ औं दिनपछि गत बिहीबारदेखि आधा संख्यामा संचालनमा ल्याएको थियो ।
त्यस्तै नयाँ भेरियन्टको कोभिड–१९ को संक्रमण नियन्त्रण गर्न भन्दै मन्त्रिपरिषद् बैठकले भारत–नेपालबाहेक सबै अन्तर्राष्ट्रिय उडान वैशाख २३ गते रातिदेखि बन्द गर्ने निर्णय गरेको थियो ।