पछिल्लो २४ घण्टामा थप २६३४ जनामा कोरोना पुष्टि, १५ को मृत्यु



काठमाडौं ।
पछिल्लो २४ घण्टामा मुलुकमा २६३४ जना कोभिड बिरामी थपिएका छन् । १२ हजार ५८५ नमुना (पीसीआर ७५०३ र ५०८२ एन्टीजेन) परीक्षण गर्दा ती संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मंगलबार थप १५ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मुलुकमा थप १५६५ जना संक्रमणमुक्त भएका छन् ।