झडप बढेसँगै पूर्वी चितवनकाे राजमार्ग क्षेत्रमा कर्फ्यु


  • झडप बढेसँगै पूर्वी चितवनकाे राजमार्ग क्षेत्रमा कर्फ्यु
  • चितवन । स्थानीय प्रशासनले पूर्वी चितवनकाे राजमार्ग क्षेत्रमा कर्फ्यू लगाएको छ । चितवनकाे राप्ती नगरपालिका–३ कि सुजिता भण्डारीको मृत्युको विषयलाई लिएर सडक प्रदर्शन बढ्न थालेपछि कर्फ्यू लगाइएको हाे । चितवनमा प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले पूर्व पश्चिम राजमार्गको राप्ती नगरपालिका–१ लोथरपुलदेखि राप्ती नगरपालिका–४ डढुवासम्मको राजमार्गको दाँयाबाँया ५०० मिटर क्षेत्रमा कर्फ्यू आदेश जारी गरेका छन् ।
    मंगलबार पनि चितवनको राप्तीमा स्थानीय र प्रहरी बीच झडप भएकाे छ । झडपमा ७ प्रहरी घाईते भएका छन् । मृत फेला परेकी चितवनको राप्ती नगरपालिका–३ की सुजिता भण्डारीको पोष्टमार्टम रिपोर्ट उचित तरिकाले नभएको भन्दै पूर्वपश्चिम राजमार्गमा टायर बालेर आन्दोलन गरिएको हो । मृत फेला परेकी चितवनको राप्ती नगरपालिका–३ की सुजिता भण्डारीको मोबाइल फोन भेटिएको छ । प्रहरीका अनुसार उनको शव भेटिएको स्थान नजिकै मोबाइल भेटिएको हो । दृष्टि

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *