मलेसिया सहित १ दर्जन वढि देश विश्वकप गराउन इच्छुक


  • मलेसिया सहित १ दर्जन वढि देश विश्वकप गराउन इच्छुक
  • एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) का सन् २०२४ देखि २०३१ सम्म हुने प्रमुख प्रतियोगिता आयोजना गर्न मलेसिया, अमेरिका सहित १७ देशले इच्छा ब्यक्त गरेका छन् ।  
    आगमी २०२४ देखि २०३१ सम्म टि२० विश्वकप, एकदिवसिय विश्वकप, च्याम्पियन्स ट्रफी र यू१९ विश्वकप लगायतका प्रमुख प्रतियोगिता हुने छन् । ११ टेस्टसँगै ६ एसोसियट राष्ट्रले इच्छा ब्यक्त गरेका छन् । टेस्ट टोली अफगानिस्तानले भने आफ्नो नाम दिएको छैन । २०२४ देखि २०३१ सम्म चार टि२० विश्वकप, दुई एक दिवसिय विश्वकप र दुई च्याम्पियन्स ट्रफी गरि प्रमुख आठ पुरुष प्रतियोगिता हुने छन् । आइसिसीले आफ्ना सदस्य राष्ट्रलाई प्रतियोगिता आयोजना टेक्निकल प्रस्तावको लागि आमन्त्रिण गरेको थियो । अष्ट्रेलिया, बंगलादेश, इंग्ल्यान्ड, भारत, आयरल्यान्ड, मलेसिया, नामिबिया, न्युजिल्यान्ड, ओमान, पाकिस्तान, स्कटल्यान्ड, दक्षिण अफ्रिका, श्रीलंका, वेस्ट इन्डिज, अमेरिका, यूएई र जिम्बावेले पारम्भिक प्रस्ताव पठाएको आइसिसीले जनाएको छ । आगमी विश्वकप रोडम्याप सार्वजनिक गरिएको छैन । २०२४ देखि टि२० विश्वकपमा २० देशले सहभागी जनाउने छन् । २०२७ को एकदिवसिय विश्वकप देखि १४ देशले प्रतिस्पर्धा गर्ने छन् । च्याम्पियन्स ट्रफीमा आइसिसी ओडिआई वरियता शीर्ष आठ टोलीले प्रतिस्पर्धा गर्ने छन् । कुन प्रतियोगिता कसले आयोजना गर्ने आइसिसीको बोर्ड बैठकले छनोट गर्ने छ । टेस्ट टोलीमा पाकिस्तानको नाम निकै रुचिका साथ हेरिएको छ ।
    पाकिस्तानले सन् १९९६ को एकदिवसिय विश्वकप पछि आइसिसीको प्रतियोगिता आयोजना गरेको छैन । २००८ मा पाकिस्तानमा च्याम्पियन्स ट्रफी आयोजना गर्ने कार्यक्रम भएपनि पछि दक्षिण अफ्रिका सरेको थियो । २००९ मा श्रीलंका खेलाडी चडेको बस लाहोरमा आक्रामण भएपछि पाकिस्तानले यूएईमा आफ्नो घरेलु मैदान बनाउँदै आएको छ । पछिल्लो समय पाकिस्तानमा अन्तर्राष्ट्रिय क्रिकेट फर्कि सकेको छ । २०२१ को टि२० विश्वकप कोरोना महामारीको कारण भारतबाट यूएई र ओमानमा सरि सकेको छ । २०२२ को टि२० विश्वकप अष्ट्रेलिया र २०२३ को एकदिवसिय विश्वकप भारतमा हुने कार्यक्रम छ । मलेसिया सहित एसोसियट देशले टि२० विश्वकप आयोजना गर्न बढी रुचि देखाएको अनुमान गरिएको छ ।
    भारतले २०२५ को च्याम्पियन्स ट्रफी, २०२८ को टि२० विश्वकप र २०३१ को एकदिवसिय विश्वकप आयोजना गर्न रुचि देखाउँदै आएको छ । पछिल्लो पटक २०१६ मा भारतमा भएको टि२० विश्वकप वेस्ट इन्डिज, २०१७ मा इंग्ल्यान्डमा भएको च्याम्पियन्स ट्रफी पाकिस्तान र २०१९ को एकदिवसिय विश्वकप घरेलु टोली इंग्ल्यान्डले जितेका थिए । हाम्रो खेलकुदबाट

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *