नेकपा एमालेमा एकता कायम गर्न दुई पक्षको कार्यदलले हिजो राति गरेको सहमतिलाई लिएर वरिष्ठ नेता माधवकुमार नेपाल असन्तुष्टि व्यक्त गर्नुभएको छ । आज आउने सर्वोच्च अदालतको फैसलालाई प्रभावित गर्ने उद्देश्यले सहमति गरिएको भन्दै वरिष्ठ नेता नेपालले असन्तुष्टि जनाउनुभएको हो ।कार्यदलले गरेको सहमतिका विषयमा जानकारी गराउन सम्पर्क गरेका नेताहरुसँग नेपालले आफ्नो असन्तुष्टि पोख्नुभएको हो । सहमतिपछि एमाले एक ठाउँमा उभिएको देखाएर विपक्षी गठबन्धन अल्पमतमा परेको सन्देश अदालतलाई दिन खोजिएको नेता नेपालको आरोप छ ।
नेता नेपालको भाव बुझेर नै नेता रघुजी पन्तले सहमतिपत्रमा हस्ताक्षर नगरेको बताइएको छ । सर्वोच्च अदालतमा शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन पेश गरिएको रिट निवेदनमा एमालेका २३ सांसदको हस्ताक्षर छ ।एमालेमा एकता कायम हुनु भनेको विपक्षी गठबन्धनबाट माधव नेपाल पक्ष अलग हुनु हो । अब २३ जना एमालेका सांसदहरुले देउवाको पक्षमा गरेको हस्ताक्षर फिर्ता नलिए पनि उनीहरु नैतिकरुपमा त्यो प्रतिबद्धताबाट बाहिर आएको बुझाइ संस्थापन पक्षको छ ।
एकता सहमतिमा वरिष्ठ नेता नेपालको असन्तुष्टि



काठमाडौं ।