कर्णाली प्रदेशले अध्यादेश मार्फत बजेट ल्याउदै


  • कर्णाली प्रदेशले अध्यादेश मार्फत बजेट ल्याउदै
  • सुर्खेत । कर्णाली प्रदेशको मन्त्रिपरिषद बैठकले बजेट अध्यादेश स्वीकृतिका लागि प्रदेश प्रमुख समक्ष पेश गर्ने निर्णय गरेकाे छ ।
    बिहीबार साँझ बसेको मन्त्रिपरिषद बैठकले कर्णाली प्रदेश विनियोजन अध्यादेश, २०७८ र कर्णाली प्रदेश आर्थिक अध्यादेश, २०७८ जारी गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जनाएको हाे । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रदेशसभा बैठक अवरुद्ध पारेको कारण देखाउँदै कर्णाली सरकारले प्रदेशसभा अधिवेशन अन्त्य गरी अध्यादेशमार्फत बजेट ल्याउन लागेकाे हाे ।दृष्टि

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *