आफ्नै छोरीलाई करणी गर्ने बाबुलाई जन्मकैद


  • आफ्नै छोरीलाई करणी गर्ने बाबुलाई जन्मकैद
  • बाजुरा । बुढिगंगा नगरपालिकामा ६७ बर्षिय एक पुरुषलाई जिल्ला अदालत बाजुराले जन्मकैद फैसला गरेको छ । आफ्नै छोरीलाई जवरजस्तीकरण र हाडनाताकरणी मुद्दा अन्तर्गत जन्मकैद फैसला गरेको बाजुरा जिल्ला अदालतले बताएको छ ।
    १४ बर्षिय छोरीलाई जवरजस्तीकरणी र हाडनाताकरणी गरेको भन्दै मुलुकी अपराध संहिता २०७४ को दफा २१९ (१) र २१९ (२) बमोजिम जन्मकैद र ५० हजार नगद जरिवाना तोकेको छ । बाजुरा जिल्ला अदालतले असाढ ३१ गते फैसला गरेको हो । जिल्ला अदालत बाजुरामा २०७७ साउन २२ गते जवरजस्तीकरणी र हाडनाताकरणी अन्र्तगत मुद्दा दर्ता भएको थियो । बुवाले छोरीलाई बलात्कार पछि गर्भ रहेको खुलासा भएपछि घटना बाहिर आएको हो ।
    जब १४ बर्षिय छोरीको पेटमा बच्चा जन्मेको थाहा पाएपछि बुवा द्धारा बलत्कार भएको जिल्ला प्रहरी कार्यलय बाजुराले जनाएको थियो । कक्षा ६ मा पढ्दै गरेकी उक्त बालिकाले महिनावारी हुन लागेको १ बर्ष भएको थियो । पिडित बालिकाले भनेकि थिईन्, आमा गाईभैसी लिएर छानामा बस्ने गरेकी थिइन्, घरमा कोही नभएको बेला आफु माथि करणी गरेको हो ।
    पिडित बालिकाले आफुलाई रक्तस्राव भए पनि अरु कसैलाई भन्यो भने आफुलाई मार्छु भनेपछि कसैलाई भन्न नसकेको बताएकी छन् । १ हप्ता सम्म घर भन्दा बाहिर जान दिईएन, करणीको बेला पनि मुख छोपेको ति वालिका न्यायका लागि मार्तडी पुगेको बेला बताएकि थिइन् । बुवालाई आफूले बान्ता आएको भन्दा ठिक भइहाल्छ कसैलाई नभन्नु भनेको ति बालिकाले बताएकी छन् । ति बालिका स्थानिय स्वास्थ्य चौकीमा पेट दुखेको भनेर चेकँजाचमा पुगेकी थिईन् । त्यहाँ स्वास्थ्यकर्मीले पेटमा बच्चा रहेको भनेपछि घटना बाहिर आएको हो । ति बालिकाको पेटमा रहेको बच्चा भने गर्भपतन गराईसकेको पारिवारिक स्रोतले

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *