प्रहरी बढुवा फेरी रोकियो


  • प्रहरी बढुवा फेरी रोकियो
  • काठमाडौं । आर्थिक वर्षको अन्तिममा सरकार फेरिदा त्यसको असर नेपाल प्रहरीमा परेको छ । अन्तिम तयारी भएको प्रहरी बढुवा रोकिएको छ ।
    गृह मन्त्रालयले डिआइजी लगायत पदमा बढुवाको तयारी गरेको थियो । तर,सरकार फेरिएपछि बढुवा रोकिएको छ । अब कात्तिकमा मात्र बढुवा हुनेछ । जसकारण लामो समय सयौं पद रिक्त हुने भएका छन् । गृहमन्त्री बालकृष्ण खाँणले बढुवा समितिको बैठक रोकेका थिए । जसअनुसार सयौं प्रहरीको करिअरमा असर परेको छ । सइबाट इन्सपेक्टर बढुवा ६ महिनादेखि रोकिएको छ ।
    नेपाल प्रहरीमा बढुवा रोकिएपनि सशस्त्रमा भने बढुवा हुने भएको छ । एसपीको बढुवा सिफारिस शुक्रबार भएको छ भने एसएसपी र डिएसपीमा पनि प्रक्रिया सुरु भइसकेकाले साउनमा पनि बढुवा समितिको बैठक बस्न लागेको छ । दृष्टि

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *