पछिल्लो २४ घण्टामा थप १ हजार ८७५ जनामा कोरोना पुष्टि, २१ जनाको मृत्यु


काठमाडाैं ।
नेपालमा थप एक हजार ८७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय गत २४ घण्टामा पीसीआर विधिबाट गरिएको परीक्षणबाट एक हजार ३१० र एन्टिजेन विधिबाट ५६५ संक्रमित पुष्टि भएको हो ।
उक्त अवधिमा कूल छ हजार ८५८ पीसीआर र तीन हजार २०८ एन्टिजेन विधिमार्फत् परीक्षण गरिएको थियो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या सात लाख १४ हजार २४८ पुगेको छ ।
गत २४ घण्टाभित्र नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप २१ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या नौ हजार ५२७ पुगेको छ ।
त्यस्तै गत २४ घण्टाभित्र नेपालमा थप दुई हजार १६४ जना संक्रमितले कोरोना भाइरसलाई जितेका छन् । यससँगै नेपालमा कोरोना संक्रमित भई निको हुनेको संख्या छ लाख ३० हजार ४०७ पुगेको छ ।