प्रदेश २ सरकारमा माओबादी केन्द्रका दुई मन्त्रीले सपथ लिए



काठमाडौं ।
नेकपा माओवादी केन्द्रबाट प्रदेश २ सरकारमा सहभागी दुई मन्त्रीले सपथ लिएका छन् । माओवादीबाट आन्तरिक मामिला तथा सञ्चार मन्त्री बनेका भरतप्रसाद साह र रुबी कर्णले राज्यमन्त्रीको शपथ लिएका हुन् ।
शनिबार प्रदेश प्रमुख डा. राजेश अहिराजले मन्त्री साहलाई र मुख्यमन्त्री लालबाबु राउतले राज्यमन्त्री कर्णलाई पद तथा गोपनियताको शपथ खुवाएका हुन् ।
राष्ट्रिय जनता पार्टी, नेपाल (राजपा)मा समस्या आएपछि अध्यक्ष उपेन्द्र यादव समूहका मुख्यमन्त्री लालबाबु राउतले अर्का अध्यक्ष महन्थ ठाकुर समूहका मन्त्रीलाई हटाएरपछि प्रदेश दुईको सत्तासमीकरणमा फेरबदल भएको थियो । त्यसपछि नेपाली कांंग्रेस र नेकपा माओवादी सरकारमा सहभागी भएका हुन् ।