कला लम्सालको “झिल्के भेना” सार्वजनिक


  • कला लम्सालको “झिल्के भेना” सार्वजनिक
  • काठमाडौं । तिज पर्वलाई नेपाली नारीहरुको महान पर्वको रुपमा लिईन्छ ।  साउनको पहिलो साताको सुरुवातसँगै जताततै तिजका भाकाहरु गुन्जिन थालेका छन ।
    यस्तै गायिका कला लम्सालको पातली ३ “झिल्के भेना” सार्वजनिक भएको छ । विगत केही वर्ष अघि पातली नामक गितको अपार सफलता पछि पातली २ “एैना हेरी हेरी” हुँदै यो वर्ष पातली ३ “झिल्के भेना” सार्वजनिक भएको हो ।
    तिज आउदा सबैले सम्झिन्छन गायिका कला लम्साल लाई किनभने उनका गितले बिगतका वर्षमा निकै तहल्का मच्चाएका थिए । यो बर्ष पनि “झिल्के भेना” ले तहल्का पिट्ने पक्का छ । कला लम्सालको स्वर रहेको यो गीतमा बहुचर्चित गायक तथा सर्जक शिव हमालको शब्द तथा लय रहेको छ । मौसम हिमालीको निर्देशन रहेको भिडियोमा अन्जली अधिकारी,करिश्मा ढकाल र लोमस शर्माको नृत्य रहेको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *