लामो दूरीको यातायात खुलाउने सरकारको तयारी


  • लामो दूरीको यातायात खुलाउने सरकारको तयारी
  • काठमाडौं । सरकारले लामो दूरीका सार्वजनिक यातायात खुलाउने तयारी गरेको छ । सबै सरकारी तथा सार्वजनिक निकाय खुलिसकेको अवस्थामा लामो दूरीका सार्वजनिक यातायात बन्द हुँदा सर्वसाधारणले दुःख पाएको गुनासो बढेपछि सञ्चालन गर्न दिन लागिएको हो । कोभिड– १९ संकट व्यवस्थापन समिति (सिसिएमसी)मा यसबारे छलफल भएको छ । जसअनुसार आगामी साता यसबारे निर्णय आउन सक्ने सिसिएमसीका एक सदस्यले बताए । अहिले सबैजसो जिल्लामा सार्वजनिक यातायात खुलेका छन् । अन्तर्जिल्ला यातायात सञ्चालन नहुँदा सर्वसाधारण जिल्लैपिच्छे सवारीसाधन फेरेर यात्रा गर्न विवश छन् । यसले एकातर्फ सर्वसाधारणलाई सास्ती भएको र अर्काेतर्फ कोरोना जोखिमसमेत बढाउने भएकाले स्वास्थ्य मापदण्ड पालना गरेर लामो दूरीका यातायात सञ्चालन गर्न दिने तयारी गरिएको छ । उपत्यकामा निजी सवारीसाधनको हकमा प्रवेश र बाहिर जान खुला भइसकेको छ । गत ३१ असारमा बसेका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले निजी सवारीसाधनका हकमा उपत्यका प्रवेशका लागि पास नचाहिने निर्णय गरेको थियो । लामो दूरीका यातायातको सन्दर्भमा सिसिएमसीको सिफारिसमा मन्त्रिपरिषद्ले निर्णय गर्नुपर्ने हुन्छ । कोरोना संक्रमण दर अझै उच्च भए पनि सबै जसो जिल्लामा निषेधाज्ञा खुकुलो बनाइएको छ । हाल संक्रमण दर २० प्रतिशतकै हाराहारी छ । निषेधाज्ञा खुकुलो भएसँगै कतिपय जिल्लामा संक्रमण बढेको छ । आजको नयाँ पत्रिकामा खबर छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *