एमाले स्थायी कमिटी र संसदीय दलको बैठक बस्दै



काठमाडौं ।
नेकपा एमालेको स्थायी कमिटी र संसदीय दलको बैठक आज बस्दैछ । स्थायी कमिटीको बैठक बिहान ११ बजे ललितपुरस्थित तुलसीलाल प्रतिष्ठानमा बोलाइएको छ भने दिउँसो तीन बजे संसद भवनको ल्होत्से हलमा संसदीय दलको बैठक बस्ने भएको छ ।
बैठकमा माधव नेपाल पक्षका नेताहरुलाई पनि बोलाइएको एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । तर नेपाल पक्षका नेताहरु बैठकमा जाने कि नजाने भन्ने टुंगो लागिसकेको छैन ।
एकपक्षीय रुपमा बोलाइएको बैठकमा सहभागी हुन नहुने नेपाल पक्षका केही नेताहरुको मत छ । एमालेभित्रको विवादलाई समाधान गर्ने उद्देश्यले दुवै पक्षका नेताहरु सम्मिलित कार्यदलले १० बुँदे सहमति गरेको थियो । तर बालुवाटारस्थित सरकारी निवासबाट बाहिरिएलगत्तै ओलीले नेपाललाई ‘गद्दार’ भनेकाले उक्त १० बुँदे सहमति पनि थप समस्यामा परेको छ । दृष्टि