विश्वासको मत पाएसँगै प्रधानमन्त्री देउवालाई मोदिको बधाई



काठमाडौं ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिएका छन् ।
प्रधानमन्त्री देउवाले विश्वासको मत प्राप्त गरेसँगै मोदीले बधाई दिएका हुन् । सन्देशमा मोदीले देउवालाई सफल कार्यकालको बधाइ दिएका छन् । साथै सबै क्षेत्रमा सहकार्यका साथै जनता–जनताबीचको सम्बन्धलाई अझै प्रगाढ बनाउने आशा व्यक्त गरेका छन् ।