रेशम चौधरीलाई छोड्ने कुरामा सकारात्मक छु : प्रधानमन्त्री देउवा



काठमाडौं ।
प्रधानमन्त्री शेरबहादुर देउवाले जसपाका निलम्बित सांसद रेशम चौधरीलाई छोड्ने कुरामा सकारात्मक रहेको बताएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिने क्रममा उनले भने, ‘मैले उहाँलाई सांसद हुनुभन्दा पहिलेदेखि चिन्छु । उहाँलाई छाड्नुपर्छ भन्ने कुरा मैले पहिले पनि भन्दै आएको छु । उहाँ छुट्नुपर्छ भन्ने व्यक्ति हुँ ।’
यद्यपि चौधरीको मुद्दा अदालतका भएकाले केही पर्खिनुपर्ने देउवाको भनाइ छ । उनले भने, ‘राजा वीरेन्द्रले आममाफी दिँदा पनि काँग्रेसका नेता कार्यकर्ता २० वर्ष रहेका थिए । अदालतका आफ्नो कुरा छ । अदालतमा हस्तक्षेप गर्नु हुँदैन भन्ने हाम्रो कुरा छ ।’रातोपाटी