एमाले केन्द्रीय कमिटी बैठक बस्दै



काठमाडौं ।
नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्ने भएको छ । च्यासलस्थित तुलसीलाल प्रतिष्ठान भवनमा बैठक बस्न लागेको हो ।
पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले आज अपरान्ह ३ बजे बैठक बस्ने जानकारी दिए । सोमबार पनि एमालेको केन्द्रीय कमिटी बैठक बसेको थियो ।
उक्त बैठकले नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिनेहरूसँग स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।
अध्यक्ष केपी शर्मा ओली पक्षका ८ जनाले प्रधानमन्त्रीमा देउवालाई विश्वासको मत दिएका थिए । वरिष्ठ नेता माधवकुमार नेपालसहित एमालेका २२ जनाले प्रधानमन्त्रीमा देउवालाई विश्वासको मत दिएका थिए । दृष्टि