शाही नेविसंघ सिटिइभिटी जिल्ला समन्वय समितिको संयोजकमा मनोनीत



नेपाल बिद्यार्थी संघ CTEVT कालिकोट जिल्ला समन्वय समितिको संयोजकमा निराजन शाहिलाइ मनोनीत गरिएको छ। समितिका अध्यक्ष महेन्द्र जंग शाहिले कालिकोट जिल्ला अध्यक्षमा शाहिलाइ मनिनित गरिएको जानकारी दिए।
समितिले रिक्त रहेका विभिन्न जिल्लाहरुमा संयोजक तोक्ने कार्य गरिरहदा बालाजु स्कुल अफ इन्जिनियरिङमा इकाइ सचीव समेत रहेका निराजन शाहिलाइ नेविसंघ CTEVT कालिकोट जिल्ला समन्वय समितिको अध्यक्षमा मनोनीत गरिएको हो।
कालिकोट जिल्लमा CTEVT अन्तर्गत धेरै शिक्षालयमा विद्यार्थी र सरोकारवाला बिचको समन्वय तथा शैक्षिक सुधार र विद्यार्थी अधिकारका प्रभावकारी बनाउनको लागि कालिकोट जिल्लको संयोजक को जिम्मेवारी दिइएको CTEVT का केन्द्रीय संयोजक बिनोद शाही ठकुरीले बताउनुभयो।