स्मरण शक्ति बढाउन जडीबुटी



हाम्रो शरीरको महत्वपूर्ण अंग हो दिमाग । तर, कहिलेकाहीँ खानपान नमिल्दा यसले दिमागलाई समेत असर पुर्याउने गर्छ । अत: निम्न जडीबुटी सेवन गरेर स्मरण शक्ति बढाउन सकिन्छ ।
जटामसी : यो जडीबुटी औषधिका रूपमा प्रयोग गरिन्छ । एक चम्चा जटामसी एक कप दूधमा मिलाएर पिए दिमाग तेजिलो हुन्छ ।
दालचिनी : खानामा गरम मसला मात्र नभई यो औषधि पनि हो । राति सुत्ने बेलामा एक चिम्टी दालचिनीलाई महमा मिसाएर खाँदा तनाव कम हुनुका साथै दिमाग तेज हुन्छ ।
बेसार : यसको नियमित प्रयोगले भुल्ने समस्याबाट बच्न सकिन्छ ।
जाइफल : दिमागलाई तेज बनाउन जाइफल अति उत्तम जडीबुटी मानिन्छ ।
तुलसी : तुलसी रुघाखोकीका लागि प्रयोग गरिन्छ । तर, यसको प्रयोगले मुटु र दिमागलाई फाइदा पुर्याउँछ ।
मरीच : यसमा पेपरिन रसायन पाइने हुनाले दिमागको कोसलाई आराम दिन्छ । यसले तनाव घटाउन मद्दत गर्छ ।