साउन तेस्रो साता एसईई नतिजा आउदै



काठमाडाैं ।
एसईई नतिजा साउन २५ गतेभित्र आउने भएको छ ।
आगामी शुक्रबारभित्र विद्यार्थीको नतिजा रुजु गरिसक्ने र त्यसको एक साताभित्रमा नतिजा प्रकाशन गर्ने परीक्षा नियन्त्रक रूद्र अधिकारीले बताए ।
बोर्डले सबै जिल्लाका विद्यार्थीहरुको नतिजा विवरण प्राप्त गरिसकेकोइ छ । बोर्डले माध्यमिक शिक्षा (एसईई)कक्षा १० को विद्यार्थी मूल्यांङ्कन, नतिजा प्रकाशन तथा प्रमाणिकरण कार्यविधि, २०७८ जारी गर्दै सैद्धान्तिक तर्फ कुनै पनि विषयमा ८० प्रतिशत वा सो भन्दा बढी प्राप्तांङ्क प्राप्त गर्ने विद्यार्थीको विषगत शिक्षकले के कारण उक्त नम्बरााटटट दिइएको हो भनेर कारण खुलाउनु पर्ने जनाएको छ ।