जीप दुर्घटना हुँदा गुल्मीमा तीन जनाको मृत्यु



गुल्मी ।
गुल्मीमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । बुधबार मध्याह्न मुसीकोट नगरपालिका ४ स्थित दोभान भन्ने स्थानमा लु १ ज ४५५९ नम्बरको जीप दुर्घटना भएको हो ।
घटनास्थलमै ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक सन्तोष चन्दले जानकारी दिए । उनका अनुसार मृतकको सनाखत हुन सकेको छैन । जीप गुल्मीको शान्तिपुरबाट तम्घास आउँदै गरेको थियो । अहिले उद्दारका लागि प्रहरी टोली घटनास्थल पुगेको छ ।