सर्पले डसेर बालिकाको मृत्यु



काठमाडौं ।
दाङमा सर्पले टोकेर दुई वर्षीया बालिकाको मृत्यु भएको छ ।
शान्तिनगर गाउँपालिका- ६ का राजेन्द्र चौधरीकी दुई वर्षीया छोरी आराजी चौधरीलाई आफ्नै घरको आँगनमा खेल्दै गर्दा सर्पले डसेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
बालिकालाई सर्पले टोकेपछि उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।