थप ३३६५ जनामा कोरोना संक्रमण पुष्टि, १४ को मृत्यु


  • थप ३३६५ जनामा कोरोना संक्रमण पुष्टि, १४ को मृत्यु
  • काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३३६५ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पीसीआर परीक्षणबाट २३३५ जना र एन्टिजेन परीक्षणबाट १०३० जनामा संक्रमण पुष्टि भएको हो । २४ घण्टामा जम्मा १४ हजार २४२ परीक्षण भएको छ । जसमा पीसीआर परीक्षण ९ हजार ५५५ र एन्टिजेन परीक्षण ४ हजार ६८७ भएको मन्त्रालयले जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा १३७३ जना कोरोना मुक्त भएका छन् । कोरोनाबाट १४ जनाको मृत्यु भएको छ । हालसम्म पिसिआर विधिबाट ६ लाख ९० हजार ६४२ जना र एन्टिजेन ५९ हजार ३८० विधिबाट जनामा कोरोना पुष्टि भएको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *