जीप दुर्घटनामा परी गुल्मीमा ५ जना घाइते



काठमाडौं ।
गुल्मीमा भएको जीप दुर्घटनामा परी ५ जना घाइते भएका छन् । बुधबार बेलुकी सत्यवती गाउँपालिका–४ खैरेनीबाट लिंगातर्फ जाँदै गरेको लु २ च १४६८ नम्बरको जीप दुर्घटना हुँदा ५ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
दुर्घटनामा परी घाइते हुनेहरुमा जीप चालक सत्यवती गाउँपालिका–४ का ३६ वर्षीय शेरबहादुर श्रीसमगर, सत्यवती–४ कै ६८ वर्षीया नैनकला पौडेल, सत्यवती–७ का ७४ वर्षीय चन्द्र विक, सत्यवती–५ की ५० वर्षीया दिलकुमारी पुन र सत्यवती–५ कै ६५ वर्षीया भद्रीकला ज्ञवाली रहेको प्रहरी जनाएको छ ।
घाइतेहरुलाई प्रथामिक स्वास्थ्य केन्द्र जोहाङमा उपचारको लागि लगिएको प्रहरीले जनाएको छ ।