जापानले दिने खोप शनिबार काठमाडौं आइपुग्ने



काठमाडौं ।
जापान सरकारले नेपाललाई अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको खोप शनिबार र आइतबार काठमाडौं आइपुग्ने भएको छ ।
काठमाडौं स्थित जापानी दूतावासले विज्ञप्ति जारी गरी जापानले अनुदानमा दिएको एस्ट्राजेनेकाको १६ लाख डोजमध्ये ८ लाख खोप शनिबार र आइतबार काठमाडौं आइपुग्ने उल्लेख गरेको छ । बाँकी खोप भने उपयुक्त समयमा पठाउने पनि जापानी दूतावासले जनाएको छ ।
नेपालका लागि जापानी राजदूत किकुता युताकाले जापानले दिएको खोप तत्कालै उपयोग हुने आशा व्यक्त गरे ।